By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रचण्ड विजयी हुँदा नेकपाका पूर्वपदाधिकारी को–को छन् रेड जोनमा

प्रचण्ड विजयी हुँदा नेकपाका पूर्वपदाधिकारी को–को छन् रेड जोनमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १६:५६

मकवानपुर। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामपन्थी दलहरूलाई ठुलो धक्का लागेको छ । शनिवार ३ बजेसम्म १६२ स्थानको मतगणना हुँदा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले ४२ सिट जितेको छ भने ७७ स्थानमा अग्रता कायमै राखेको छ । तीन वर्षअघि खुलेको रास्वपाको पक्षमा सुनामी लहर आउँदा पुराना वामपन्थी दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी इतिहासकै गम्भीर संकटमा फसेका छन् ।

नेकपा एमालेले २ स्थानमा विजयी हुँदा ८ स्थानमा अग्रता कायमै राखेको छ । यता २६ वटा वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा विजयी हुँदा ६ स्थानमा अग्रता कायम राखेको छ । २०४८ सालदेखि लगातार संसदमा उपस्थिति जनाएको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक सिट पनि जित्न सकेन । १२ वर्षपछि निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेकपा माओवादीले अहिलेसम्म एक सिट जित्ने स्थितिमा छैन ।

नेकपाबाट अहिलेसम्म संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र विजयी भएका छन् । प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका हुन् । सहसंयोजक माधव कुमार नेपाल निकटतम प्रतिस्पर्धी पनि बन्न सकेका छैनन् । साबिक माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ६र६ जना पदाधिकारी चुनावी मैदानमा उत्रिएका छन् । साबिक नेपाल समाजवादी पार्टीबाट दुई जना र मातृभूमि जागरण अभियानबाट एक जना चुनावी प्रतिस्पर्धामा छन् ।

कसको के छ अवस्था

तीन पटक प्रधानमन्त्री बनेका प्रचण्ड २०६४ सालदेखि लगातार संसदीय निर्वाचन जित्दै आएका छन् । जेनजी आन्दोलनपछि विषम परिस्थितिलाई मध्यनजर गरी यो पटक माओवादी आधार क्षेत्र पुगेका उनी १० हजार २४० मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतमले तीन हजार ४६२ मत प्राप्त गरे ।

साबिक माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो पटक हार्ने लाइन देखिएका छन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा मकवानपुर–२ बाट पराजित भएको उनी २०७४ सालमा गोरखा–२ बाट पराजित भएका थिए । यो पटक सर्लाही–३ पुगेका उनी ९ हजार ६१४ मत ल्याएर दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रास्वपाका नरेन्द्र साह कलवार २७ हजार ३५८ मतसहित अग्र स्थानमा छन् ।

नेकपाका नेता शक्ति बहादुर बस्नेत जाजरकोट–१ बाट पराजित भएका छन् । २०६४ सालदेखि लगातार विजयी भएका बस्नेत पहिलो पटक पराजय भएका हुन् । कांग्रेसका खड्गबहादुर बुढा २० हजार १४२ मत ल्याएर विजयी हुँदा बस्नेतले १६ हजार ८८३ मत प्राप्त गरे । उनी साबिक माओवादीका उपमहासचिव थिए ।

महोत्तरी–१ बाट अर्का नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । पोखरेलको यो दोस्रो हार हो । रास्वपाको प्रमेद कुमार महतोले ३४ हजार ६३६ मत ल्याएर विजयी हुँदा उनले जम्मा १२ हजार ६२४ मत प्राप्त गरे । पार्टी एकताअघि पोखरेल माओवादी केन्द्रका उपमहासचिव थिए ।

नेकपाका पूर्वपदाधिकारीलाई ठुलो धक्का लाग्दा साबिक माओवादी केन्द्रका वर्षमान पुन विजयी उन्मुख देखिएका छन् । रोल्पा–१ उम्मेदवार बनेका उनी २१ हजार ७४ मत सहित अग्रता कायमै राखेका छन् । पुनलाई कांग्रेसका पुनम कुमारी वलीले ९ हजार ६९८ मत प्राप्त गरेका छन् । पुन २०७० सालदेखि लागातार रोल्पाबाट चुनाव जितेका छन् ।

साबिक माओवादी केन्द्रका अर्का उपमहासचिव मातृका प्रसाद यादव धनुषा–१ मा झिनो मतले पछाडि छन् । यो क्षेत्रमा मतगणना प्रक्रिया अगाडि बढेको छैन । प्रारम्भिक नतिजा अनुसार एमालेका रामचन्द्र मण्डल ६११ मतले अग्रता लिएका छन् । यादवले ५०९ मतले पछ्याएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपाललाई ठुलो धक्का लागेको छ । रौतहट–१ बाट उम्मेदवार रहेका उनी ७ हजार ६६९ मत सहित चौथा स्थानमा छन् । रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९४६ सहित अग्रता लिएका छन् । दोस्रो एमालेका अजय कुमार गुप्ता १० हजार ६९३ र तेस्रोमा कांग्रेसका अनिल कुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र प्रसाद पाण्डे ११ हजार ३०४ मत सहित दोस्रो स्थानमा रहेका छन् । धादिङ–१ बाट उम्मेदवार रहेका पाण्डेलाई रास्वपाका आशिका तामाङले २४ हजार ४८ मतले पछाडि पारेकी छिन् । उनले २०६४ सालको बाहेक हरेक निर्वाचन जित्दै आएका थिए ।

रौतहट–४ बाट उम्मेदवार रहेका रामकुमार भट्टराई ८ हजार ८३५ मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका गणेश पौडेल २८ हजार ७८१ मत लाएर अग्रस्थानमा छन् । दोस्रोमा कांग्रेसका देवप्रसाद तिमिल्सिना १३ हजार २५५ मत प्राप्त गरेका छन् । भट्टराई साबिक एकीकृत समाजवादीका उपमहासचिव थिए ।

दाङ–१ बाट उम्मेदवार रहेका मेटमणि चौधरीले तीन हजार ४७८ मत सहित चौथो स्थानमा छन् । यस क्षेत्रमा रास्वपाका देवराज पाठक २७ हजार २७१ मत सहित अग्रस्थानमा छन् । दोस्रोमा कांग्रेसका योगेन्द्र चौधरीले १० हजार ५३२ र तेस्रोमा एमालेका रेवतीरमण शर्मा घिमिरेले ४ हजार ४८९ मत प्राप्त गरेका छन् । साबिक एकीकृत समाजवादीका सचिव बलदेव चौधरी तीन हजार ९३ मत सहित पाँचौँ स्थानमा छन् । यस क्षेत्रमा रास्वपाका पारसमणि गेलाल ११ हजार ५७२ मत ल्याएर अग्रता लिएका छन् ।

पाल्पा–२ मा नेकपाबाट उम्मेदवार रहेका सोमप्रसाद पाण्डेय तीन हजार ४३० मत सहित चौथो स्थानमा छन् । यो क्षेत्रमा माधव बहादुर थापा १० हजार ९४४ मत ल्याएर अग्रता स्थानमा छन् । दोस्रोमा हिमाल दत्त श्रेष्ठले ५ हजार ५०७ मत प्राप्त गरेका छन् । तेस्रोमा एमालेका ठाकुर प्रस्राद गैरेले ५ हजार २१५ मत प्राप्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा अछाम–१ का उम्मेदवार डा। भीम बहादुर रावल पराजित भएका छन् । कांग्रेसका भरत कुमार स्वाँर १० हजार ७५९ मत ल्याएर विजयी हुँदा रावलले १० हजार २३३ मत प्राप्त गरे । एमालेमा ५१ वर्ष सक्रिय राजनीति गरेका रावल निष्कासनबाट परेपछि मातृभूमि जागरण अभियान खोलेका थिए ।

यता नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका महिन्द्रराय यादव ३० हजारको फराकिलो मतान्तरले दोस्रो स्थानमा छन् । रास्वपाका रविन महतोले ३८ हजार ३२५ मत ल्याएर अग्रता लिएका छन् भने यादवले ८ हजार ७१ मत प्राप्त गरेका छन् । नेसपाका महासचिव रहेका रमेशप्रसाद यादव ४८५ मत सहित छौटौँ स्थानमा छन् । रास्वपाका चन्दन कुमार सिंह १७ हजार ५४७ मत सहित अग्रस्थानमा छन् ।

Facebook Comments Box
अहिलेसम्म १५ प्रतिशतभन्दा बढी मतदान
निर्वाचनका लागि बागलुङमा २२ बैंक खाता सञ्चालन
बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाइँदै
आज सुनचाँदीको मूल्य घट्यो
नेपालगन्जमा तापक्रम ३२°C पुग्यो, काठमाडौंमा २५.४°C

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?