By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » किम्बु बिरुवाको माग बढ्दो

किम्बु बिरुवाको माग बढ्दो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २४, मंगलवार १४:१०

चितवन । रेशमकीरा पालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशम खेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटेल, रेस्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।

चितवनको भण्डारास्थित व्यावसायिक कीट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालू आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ । ती बिरुवा किसानलाई प्रतिबिरुवा रु। पाँचका दरले बिक्री गरिँदै आएको उनले जानकारी दिइन् । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उनले बताइन् । पछिल्लो समय रेशमकीरा पालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ । ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उनले जानकारी दिइन् ।

त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटेल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उनले बताइन् । उनले भनिन्, “होटेल तथा रिसोर्टहरूबाट यसको माग बढेको छ, किनभने यो बिरुवा छिटो हुर्कन्छ । फल लाग्ने समयमा चराचुरुङ्गी आकर्षित हुने भएकाले रेस्टुराँ परिसरमा रोप्दा राम्रो छहारीका साथै आउने पाहुनाहरूले चराहरू अवलोकन गर्न सक्ने वातावरण सिर्जना हुन्छ । यसै कारण किम्बु रोप्ने प्रचलन बढ्दै गएको छ ।”

किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् । उनका अनुसार किम्बु फलले रगतमा हिमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ । “स्वास्थ्यका हिसाबले किम्बु अत्यन्त राम्रो फल हो,” उनले भनिन् । उनले नेपालमा पाइने बेरी प्रजातिमध्ये किम्बु पनि एक रहेको बताइन् ।

किसानहरूले यसलाई पशुका लागि घाँसका रूपमा समेत प्रयोग गर्ने गरेको उनले बताइन् । विशेषगरी अन्य घाँस अभाव हुने समयमा यसको महत्त्व अझ बढ्ने गरेको छ । हाल फार्मबाट कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिँदै आएको छ । यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने प्रमुख त्रिपाठीले बताइन् ।

हिउँदको समयमा बिरुवा कटिङ सुरु गरी रोपाइँ गरिन्छ र जेठ महिनादेखि वितरण गरिने गरिएको छ । वर्षायाममा सार्न उपयुक्त हुने भए पनि पानीको स्रोत उपलब्ध भए अन्य समयमा पनि किम्बु रोप्न सकिने उनले जानकारी दिइन् ।

Facebook Comments Box
प्रदूषणले ढाकियो काठमाडौंको आकाश
आज अमेरिकी डलरको भाउ घट्यो
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
ढोरपाटनमा पर्यटक सूचना केन्द्र स्थापना
नवलपरासी पूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’को सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाउन थालियो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?