By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ढोरपाटनमा पर्यटक सूचना केन्द्र स्थापना

ढोरपाटनमा पर्यटक सूचना केन्द्र स्थापना

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २९, आईतवार १०:२८

बागलुङ । मुलुकको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ । बिवाइसी बागलुङअन्तर्गत दीगो पर्यटन प्रवर्द्धन परियोजनाको रु ७४ लाखको लागतमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो ।

सूचना केन्द्रमा सिकार आरक्षका गतिविधि, सिकारको जानकारी तथा नाउर, झारल, रेडपाण्डालगायत जनावरको खाग तथा छालाका वस्तुका बारेमा जानकारी समेत राखिएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । कार्यालय परिसरमा उक्त पर्यटन सूचना केन्द्रको भवन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको जनाउँदै यसले पर्यटकलाई सही सूचना प्रदान गर्ने बिवाइसी बागलुङका सचिव विक्रम पौडेलले विश्वास व्यक्त गरे ।

यहाँ आउने पर्यटकलाई ढोरपाटनमा रहेका नाउर, झारल, डाँफे, रेडपाण्डालगायत विभिन्न जनावरका बारेमा जानकारी दिने उद्देश्यले बृहत् सूचना केन्द्र स्थापना गरिएको पौडेलेले जानकारी दिए । उनका अनुसार ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत भ्रमण तथा अवलोकनमा आउने गरेका छन् ।

यसलाई लक्षित गरी दिगो पर्यटन प्रवर्द्धन परियोजना मार्फत रु ७४ लाख लागतमा सिकार आरक्षको मुख्य कार्यालय परिसरमा सूचना केन्द्र निर्माण गरिएको जनाउँदै बिवाइसीका सचिव पौडेलले भवन तयार भइसकेकाले अन्य आवश्यक संरचना थालिएको बताए । उनका अनुसार सम्पूर्ण काम सम्पन्न भएपछि सिकार आरक्षलाई हस्तान्तरण पश्चात् सूचना केन्द्र सञ्चालनमा आउनेछ ।

भवन हस्तान्तरण भएर सिकार आरक्ष मातहतमा आएपछि आरक्षको मुख्यालयमा भएको सङ्ग्रहालय तथा सूचना केन्द्रका सामग्री यहाँ राखिने छ भने परियोजनाले डिजिटल सूचना बोर्डमा आरक्षका गतिविधि राख्ने तयारी गरिएको छ ।

सूचना केन्द्रमा जङ्गली जनावरको सङ्ख्या, सिकार गरिएका जनावरको सङ्ख्या, पर्यटकको सङ्ख्या, नाउर तथा झारलको डमी (रुपाङ्कन) र डिजिटल सूचना बोर्ड राखिने ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । विशेष गरी सिकार खेल्न अनुमति प्राप्त नाउर तथा झारलको अवशेष, छालालगायत जानकारी राखिने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिका-९ मा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भइसकेको रेञ्जर सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ ।

ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका जनाउँदै सोबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले उल्लेख गरे ।

Facebook Comments Box
रुविना आचार्यले चुनाव खर्च विवरण
आज कति ठाउँमा वर्षा हुन सक्छ? मौसम पूर्वानुमान यस्तो छ
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
नाइजेरियाको मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग १० लाख धरौटी माग

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?