By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ १८, सोमबार १०:१७

काठमाडौं । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी संख्या मानहानीसँग सम्बन्धित रहेका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार तोया गौतमले सूचना विभागमा आठ हजारभन्दा बढी पत्रपत्रिका स्थायी रूपमा दर्ता भए पनि करिब पाँच हजारमात्र प्रकाशन भएर प्रेस काउन्सिल नेपालमा वर्गीकरणका लागि पुगेको जानकारी दिए । पत्रकारले समयअनुसार परिवर्तित प्रविधिको उपयोग गरेर पनि गुणस्तरीय पत्रकारिता गर्न सक्ने उनको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकार्यकारी सदस्य इन्जिनियर उमेश गुप्ताले इन्जिनियरिङ संरचना बनेपछि प्रयोग गर्न उपयोगी छ वा छैन भनी सामाजिक परीक्षण गर्ने विषयलाई पनि पत्रकारले समाचार सङ्कलनको विषय बनाउनुपर्ने धारणा राखे । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नाम चलेकै परामर्शदाता कम्पनीले पनि ‘कपीपेष्ट’ गर्ने गरेकाले यस विषयमा पनि खोजमूलक पत्रकारिता हुनुपर्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं सूचना सञ्चार विभाग प्रमुख नवीन मानन्धरले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्ने र यस्तो पत्रकारितालाई स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय तहले गरेका गतिविधिका बारेमा मिडियाले राम्रोसँग समाचार सङ्कलन गर्नुपर्नेमा उनले जोड दिए ।

गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले लोकतान्त्रिक शासन व्यवस्थामा सही निर्णय गर्न सही सूचना चाहिने भएकाले पत्रकारिताको ठूलो महत्व रहेको स्पष्ट पारे । आमसञ्चारमाध्यमले नागरिकको दैनिकीलाई सहज हुनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्यालले सामाजिक सञ्जालमा आउने गरेका सूचना सम्पादन नभई आउने र त्यसैलाई आममानिसले पत्रकारिता भनी बुझ्ने गरेकाले पत्रकारिताप्रतिको धारणा नै फरक परेको टिप्पणी गरे । यसका लागि समाजमा मिडिया साक्षरता दिन आवश्यक रहेको औंल्याउँदै उनले सञ्चारमाध्यमले नागरिक अधिकारका बारेमा सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरे ।

Facebook Comments Box
सर्लाहीमा प्रहरीद्वारा गाँजाखेती फडानी अभियान सञ्चालन
हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी
सुन मूल्य घट्यो
फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?