By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ १७, आईतवार १३:२३

काठमाण्डौं । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाण्डौमा आयोजित ’एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उपविदेशमन्त्री रोजर्सले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो । अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको उल्लेख गर्दै उहाँले सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर गरेको सगरमाथा आरोहणले दुई देशको सम्बन्ध थप प्रगाढ बनाएको स्मरण गर्नुभयो ।

उपविदेशमन्त्री रोजर्सले सन् २०२३ मा नेपाल आएका ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो । उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो ।

रोजर्स ३ दिने भ्रमणका लागि आज काठमाण्डौ आइपुग्नुभएको हो । गएको चैत १३ गते बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ ।

Facebook Comments Box
सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु
चार हजार नौ सयले बढ्यो सुनको मूल्य
अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग कारबाहीमा
प्रहरीको सक्रियता : चार दिनमा दुई सय २६ जना पक्राउ
पत्रकारले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन् : उपराष्ट्रपति

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?