By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार १६:१२

मकवानपुर । १३० करोडको भारी बजेटमा बनेको एक बलिउड फिल्मले यतिबेला ओटीटी प्लेटफर्ममा तहल्का मच्चाइरहेको छ। सिनेमाघरमा रिलिज हुँदा दर्शक पाउन नसकेको यो फिल्म ओटीटीमा आउने बित्तिकै भने हिट साबित भएको छ।

रिलिज हुने बित्तिकै टप १० लिस्टमा पर्न सफल यस फिल्मको नाम ‘ओ रोमियो’ हो । साहिद कपुर बलिउडमा आफ्ना चरित्रहरूसँग नयाँ प्रयोग गर्न रुचाउने अभिनेता हुन् । जब ओ रोमियोको घोषणा भयो, फ्यानहरूमा ठुलो उत्साह थियो ।

ठुलो बजेटसँगै यसलाई निकै भव्य रूपमा निर्माण गरिएको थियो । फिल्मको सिनेम्याटोग्राफी, एक्सन र साहिदको अभिनयको तारिफ त भयो, तर यसको कथाले बक्स अफिसमा भने अपेक्षा गरे अनुसारको जादु देखाउन सकेन।

बक्स अफिसमा साहिदको यो फिल्म नराम्ररी फ्लप साबित भयो। तर फिल्मको असली भाग्य भने ओटीटीमा लेखिनु बाँकी नै थियो। जब ओ रोमियोलाई ओटीटी प्लेटफर्ममा स्ट्रिम गरियो, दर्शकको नजरिया पूर्ण रूपमा बदलियो। फिल्मको गहिरो कथा र साहिदको रोमियो अन्दाजलाई अहिले दर्शकले निकै रुचाइरहेका छन् ।

यो एक हाई–भोल्टेज एक्सन–रोमान्टिक थ्रिलर फिल्म हो, जुन आफ्नो युनिक कथाका कारण चर्चामा छ। यसको कथा उस्तरा (साहिद कपुर) को वरिपरि घुम्छ, जो एक खतरनाक ग्याङ्स्टर हो। फिल्ममा उस्तरा कसरी आफ्नै मान्छेको धोका र माफियाको चक्रव्यूहमा फस्छ भन्ने देखाइएको छ। कथामा दिमाग घुमाउने थुप्रै ट्विस्टहरू राखिएका छन्।

ओ रोमियो १० अप्रिलमा प्राइम भिडियोमा रिलिज भएको थियो। रिलिज भएको जम्मा २४ घण्टाभित्रै यसले प्लेटफर्मको टप १० लिस्टमा आफ्नो स्थान पक्का गर्‍यो। अहिले भने साहिदको यो फिल्म भारतमा ओटीटीको ट्रेन्डिङ लिस्टको नम्बर १ मा कब्जा जमाउन सफल भएको छ। फिल्मका डाइलग र साहिदको इन्टेन्स चरित्र यतिबेला सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ।

यो फिल्म करिब १३० करोडको लागतमा निर्माण भएको हो। यस फिल्मका लागि साहिदले आफ्नो पारिश्रमिक बापत निर्माताबाट ४५ करोड रुपैयाँ लिएका थिए। बलिउड हंगामाको रिपोर्टअनुसार भारतमा यस फिल्मले जम्मा ५९ करोड रुपैयाँको मात्र व्यापार गरेको थियो भने विश्वभरबाट ९२ करोड रुपैयाँ मात्र कमाइ गर्न सक्यो।

विशाल भारद्वाजले निर्देशन गरेको यस फिल्ममा साहिदका अलावा नाना पाटेकर, फरिदा जलाल, तृप्ति डिमरी र अविनाश तिवारी जस्ता कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मका गीतहरू पनि निकै लोकप्रिय भएका छन्। बक्स अफिसमा फ्लप भए तापनि अहिले ‘ओ रोमियो’ लाई ओटीटी प्लेटफर्म प्राइम भिडियोमा दर्शकले निकै हेरिरहेका छन्।

Facebook Comments Box
आज सुनचाँदीको मूल्य बढ्यो
कैलाली–१ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली निर्वाचित
पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
चाडपर्वमा यात्रुको सहजीकरणका लागि सहायता कक्ष स्थापना

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?