By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ असार १, सोमबार १२:५३

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ ।

कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन् । चालु आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बजेट ल्याएका थिए ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो । प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ । धेरै प्रदेशको पुँजीगत खर्च ५० प्रतिशतभन्दा कम रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा करिब १२ अर्ब ९ करोड रुपैयाँ बढी हो । यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन् ।

संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौज्दात रकमका आधारमा प्रदेशहरुले बजेट बनाउने गर्छन् । प्रदेशहरूको कुल बजेटको ठूलो हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ ।

संविधानअनुसार प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यसअघि संघीय सरकारले जेठ १५ गते बजेट ल्याएको थियो ।

Facebook Comments Box
भोलि पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना
मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
बागमतीमा रास्वपा अगाडि, कांग्रेस–एमालेलाई प्रत्यक्ष मत कम
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
ठगीको अभियोगमा सात जना पक्राउ

थप समाचार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

२०८३ असार १, सोमबार १५:१०

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

आज देशका हिमाली तथा पहाडका थोरै ठाउँमा वर्षाको सम्भावना

विश्वकप फुटबलमा टर्किएलाई २ गोलले हराउँदै अस्ट्रेलियाको विजयी शुरुआत

अच्युत लामिछानेलाई पराजित गर्दै उत्सव अर्याल बागमती सभापति निर्वाचित

मकवानपुरमा करेन्ट लागेर एकको गयो ज्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?