By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ असार १, सोमबार १५:१५

काठमाडौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा विज्ञसँगको छलफलमा उहाँले बर्दिवास, धनगढी, बुटवल र वीरेन्द्रनगरमा रहेका प्रयोगशालाको भौतिक संरचना निर्माण गरिने जानकारी दिनुभयो ।

समितिका सभापति डा. ओजस्वी शेरचनले प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । प्रयोगशाला विज्ञहरु ओमप्रकाश शर्मा र गोपाल चौधरीले अपराधीकरणका मुद्दामा जाँच गरिने डिएनए परीक्षण र मानव पहिचानसम्बन्धी डिएनए बैँकको आवश्यकताबारे धारणा राख्नुभएको थियो ।

साथै, विज्ञ नीराजन थापाले प्रयोगशालामा दक्ष जनशक्तिको अभाव भएको बताउँदै विधेयकमा प्रशिक्षणको व्यवस्था समावेश गरिनुपर्ने सुझाव दिनुभयो ।

सांसद डा.चन्द्रमोहन यादवले ‘डिएनए डेटा बेस बैँक’ आवश्यक रहेको बताउनुभयो । सांसद डा। लेखजङ्ग थापाले पनि डिएनए बैँक स्थापना जरुरी रहेको बताउनुभयो । उहाँले डिएनए सुरक्षाका लागि प्रयोगशालको लेखापरीक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद पुकार बमले प्रयोगशालालाई देशव्यापी र प्रभावकारी बनाउन योजना निर्माण आवश्यक रहेको बताउनुभयो । सांसद गुरुप्रसाद बरालले वैज्ञानिक विदेश पलायन हुनबाट रोक्न योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद चन्दनकुमार सिंह र गणेश पौडेलले पनि प्रयोगशालाका लागि पर्याप्त बजेट र स्रोतसाधनको व्यवस्थापन आवश्यक रहेकामा जोड दिनुभयो । रासस

Facebook Comments Box
जेनजी सहिद साउदको परिवारलाई रोजगारी
टुचन मेसिन अनियन्त्रित हुँदा एक जनाको मृत्यु
एनपिएल : चितवनमाथि पोखराको सहज जित
फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

थप समाचार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

२०८३ असार १, सोमबार १५:१०

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

आज देशका हिमाली तथा पहाडका थोरै ठाउँमा वर्षाको सम्भावना

विश्वकप फुटबलमा टर्किएलाई २ गोलले हराउँदै अस्ट्रेलियाको विजयी शुरुआत

अच्युत लामिछानेलाई पराजित गर्दै उत्सव अर्याल बागमती सभापति निर्वाचित

मकवानपुरमा करेन्ट लागेर एकको गयो ज्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?