By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ असार १, सोमबार १५:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीब्र विकास, शान्ति र प्रगति भएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा राज्य संयन्त्रलाई समायानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्दछन् । प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ ।”

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“आयोगप्रतिको भरोसा र विश्वास एवम् यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मिहिनेती युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरूपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु ।”

उहाँले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनोटमा समयसापेक्ष परीक्षण विधि(प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ । यो विश्वास, भरोसा एवं प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मिहिनेत गर्नु नै हुने छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भाबी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भाबी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिनुभयो ।

उहाँले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा “योग्यता, निष्पक्षता र स्वच्छता” जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुसीको विषय भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनोटको उच्चतम कसी हो । मूल्याङ्कनको यही अन्तर्यलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ । यो भरोसा र विश्वास नै आयोगको ठुलो सम्पत्ति हो । यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईँहरूको सतप्रयास निरन्तर रहने मैले विश्वास लिएको छु ।”

Facebook Comments Box
मध्यपूर्व तनावले चिन्तित ओली, ‘निद्रा नै हरायो’
हेटौंडा–५ लाई बालमैत्री वडा घोषणा गरिँदै
भारतीय तीर्थयात्री हुम्लामा
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

थप समाचार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

२०८३ असार १, सोमबार १५:१०

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

आज देशका हिमाली तथा पहाडका थोरै ठाउँमा वर्षाको सम्भावना

विश्वकप फुटबलमा टर्किएलाई २ गोलले हराउँदै अस्ट्रेलियाको विजयी शुरुआत

अच्युत लामिछानेलाई पराजित गर्दै उत्सव अर्याल बागमती सभापति निर्वाचित

मकवानपुरमा करेन्ट लागेर एकको गयो ज्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?