मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका उक्त बजेटबाट प्रदेशमा शान्ति सुरक्षाका लागि सीसीटीभी जडान गर्ने लगायतका कार्यक्रम अघि बढाउने बताए ।
मन्त्री तामाङका अनुसार उक्त बजेटबाट प्रदेशको सहकारीको प्रवर्धन, समस्याग्रस्त सहकारीको व्यवस्थापन गरिने छ ।
प्रदेश सरकारले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गत पत्रकारहरुको बीमा तथा सामाजिक सुरक्षाकोषमा आवद्ध गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताए ।
Facebook Comments Box
