मकवानपुर। रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कृष्णहरि बुढाथोकीले अग्रता लिएका छन् ।
उनले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ९१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का श्यामकुमार श्रेष्ठले ३ हजार ९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रोमा नेपाली काँग्रेसका रामचन्द्र खड्काले २ हजार ९ सय ४७ मत प्राप्त गरेका छन् ।
साथै उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले २ हजार २ सय ३६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका माधव प्रसाद ढुंगेलले १ हजार ७ सय ७८ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box
