By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ७, शनिबार १४:३१

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए । उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या समाधान भएको उनले बताए । टावर सञ्चालनमा आएपछि त्यहाँ टुजी र फोरजी सेवा सहज रूपमा उपलब्ध भएको पनि उनले जानकारी दिए ।

मुख्य राजमार्गमा मोबाइल नेटवर्क नहुँदा कहिलेकाहीँ विपद् पर्दा सञ्चार अभावका कारण उद्धार कार्यमा ढिलाइ हुने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्न सुझाव दिएको थियो ।

नवलपुरको चोरमारा–अरुणखोला र डण्डा–अरुणखोला खण्डको राजमार्गस्थित जङ्गल क्षेत्रमा समेत नेटवर्क समस्या रहेकाले ती स्थानलाई पनि टावर जडानका लागि प्राथमिकतामा राखिएको प्रमुख घिमिरेले बताए ।

नेपाल टेलिकमले कालीगण्डकी करिडोर र जिल्लाका पहाडी क्षेत्रलाई समेत लक्षित गरी टावर निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी दिए। यसअन्तर्गत बुलिङटारको बोझापोखरीमा टावर निर्माण कार्य सम्पन्न भइसकेको छ र केही दिनमै सञ्चालनमा आउने तयारी रहेको छ । यस्तै, बुलिङटारकै थामबेँसीमा टावर निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको उनले बताए ।

“पहाडी क्षेत्रमा नेटवर्कको समस्या रहेकाले त्यसको समाधानका लागि कार्यालयको योजनाअनुसार चाँडै बोझापोखरीमा टावर सञ्चालनमा आउँदै छ, अर्को स्थानमा निर्माण कार्य सुरु भइसकेको छ”, प्रमुख घिमिरेले भने ।

जिल्लाको पहाडी क्षेत्र विनयी त्रिवेणीको धुरकोटमा पनि टावर निर्माणका लागि अनुमति प्राप्त भइसकेको छ भने हुप्सेकोटको चारघरेमा सर्वेक्षण कार्य सम्पन्न भई अनुमति प्रक्रियामा रहेको उनले जानकारी दिए ।

त्यस्तै, पर्यटकीय क्षेत्र अमलटारीमा नेटवर्क समस्या रहेको गुनासो आएपछि त्यहाँ पनि टावर निर्माणका लागि अनुमति प्राप्त भएको र चाँडै निर्माण कार्य सुरु हुने बताइएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएका ठाउँ भएकाले समेत पर्यटकलाई समस्या नहोस् भनेर यहाँ टावर निर्माणको अनुमति आएको उनले बताए ।

नेटवर्क सुधारका लागि यसअघि सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका टावरमा विद्युत् आपूर्ति पुर्‍याउने काम पनि भइरहेको छ । सौर्य प्रणालीमा निर्भर हुँदा जाडो मौसम वा घाम नलाग्दा नेटवर्कमा समस्या आउने भएकाले नियमित र सहज सेवा सुनिश्चित गर्न विद्युत् जडानको काम अगाडि बढाइएको कार्यालय प्रमुख घिमिरेले बताए ।

Facebook Comments Box
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो
सुनको मूल्य घट्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?