मकवानपुर । मकवानपुरको इन्द्रसरोवर–१ मार्खुचौरमा पानी बोकेको गाडी इन्द्रसरोवरमा खसेको छ।
मार्खु–कंलकी सडक खण्डमा कलंकीबाट मार्खु गइरहेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर बोकेको आईचर गाडी रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढेर सडकबाट १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको हो।
मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादवको टोली घटनास्थल पुगेर तालमा डुबिरहेको गाडी निकाल्ने प्रयास गरिरहेको छ।
गाडीसाहु ललितपुर–११ शङ्खमुलका दिगज अमात्य, चालक गोरखा, सुलिगढ–१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुर, मकवानपुरगढी–३ का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा छन्।
गाडी तालमा खसे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
