By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ३, बिहीबार ११:२७

मकवानपुर। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा अब गम्भीर संवैधानिक र कानुनी बहसतर्फ उन्मुख भएको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने सुनुवाइमा मुख्य रूपमा ६ वटा जटिल विषयमा केन्द्रित रहेर बहस हुने तय गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले उक्त निर्णयविरुद्ध रिट दायर गरेको थियो। प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दामा गम्भीर संवैधानिक प्रश्नहरू उठाएको थियो।

यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै ६ महत्वपूर्ण प्रश्नहरू उठाएको थियो। अब ती विषयहरूमा विस्तृत बहस हुने भएको हो।

बहसका मुख्य विषयहरू यसप्रकार छन्:

१. पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा केन्द्रीय कार्यसमितिले ३ महिनाभित्र विशेष महाधिवेशन नबोलाएपछि महामन्त्रीहरूले आह्वान गरेको महाधिवेशन वैधानिक हो वा होइन, र त्यसले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार मान्यता पाउन सक्छ वा सक्दैन भन्ने प्रश्न।

२. महामन्त्रीमार्फत बोलाइएको प्रक्रियामा वैधानिकता विवाद भए पनि त्यसैबाट सम्पन्न महाधिवेशनका निर्णयहरूलाई पछि कानुनी रूपमा मान्यता दिन मिल्छ वा मिल्दैन भन्ने विषय।

३. कार्यकाल सकिएर विशेष कारणले थपिएको नेतृत्वविरुद्ध सोही महाधिवेशन प्रतिनिधिहरूको निर्णयलाई स्वयं निवेदकहरूले चुनौती दिन मिल्छ वा मिल्दैन भन्ने प्रश्न।

४. राजनीतिक दलसम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध पुनरावेदनको व्यवस्था नभएको अवस्थामा सर्वोच्च अदालतले आफ्नो असाधारण अधिकारक्षेत्र प्रयोग गरी तथ्यगत विषयमा प्रवेश गर्न मिल्छ वा मिल्दैन भन्ने बहस।

५. पार्टीको आन्तरिक आधिकारिकता विवादकै कारणले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित चलिरहेका प्रक्रियाहरू रोक्न आदेश दिन मिल्ने वा नमिल्ने विषय।

६. संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का प्रावधानहरूको आधारमा निर्वाचन आयोगका निर्णयहरूमा सर्वोच्च अदालतले कति हदसम्म हस्तक्षेप गर्न सक्छ भन्ने महत्वपूर्ण संवैधानिक प्रश्न।

यी विषयहरूमा हुने बहसले नेपाली कांग्रेसको आधिकारिकता विवाद मात्र होइन, समग्र राजनीतिक दल व्यवस्थापन र संवैधानिक अभ्यासमा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन
१५ मन्त्रीले लिए शपथ
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थाल्यो
फेवातालमा कार खस्दा चालकको मृत्यु
खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

थप समाचार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?