By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चैत २ देखि ८ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदै

चैत २ देखि ८ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ८, शुक्रबार १६:४९

काठमाडौं । बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को १४औँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६)सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।

नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने भएको हो ।

केन्द्रीय बैंकको संयोजनमा बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा कम्पनी, सहकारी संस्था, पुँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य वित्तीय सेवा प्रदायकको सक्रिय सहभागिता रहने बताइएको छ ।

राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा सरोकारवाला निकायलाई ‘ग्लोबल मनी विक’ मा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ । वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको जनाउँदै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने उल्लेख गरेको छ ।

‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ ९ओइसिडी० को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।

राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा यो अभियान सञ्चालन भइरहेको छ । अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब सात करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओइसिडीले जनाएको छ ।

ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ भने यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । वित्तीय निर्णयहरूमा सचेत सहभागिता, बचत तथा लगानीको संस्कार विकास, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु यस अभियानका प्रमुख उद्देश्यहरू रहेका राष्ट्र बैंकले जनाएको छ ।

अभियानअन्तर्गत विद्यालय तथा क्याम्पस केन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्ततृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरतासम्बन्धी तालिम, वित्तीय उपभोक्ता अधिकारबारे सचेतनामूलक कार्यक्रमलगायत विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।

Facebook Comments Box
१४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गरिँदै
इनिसा मृत्यु प्रकरणमा सुर्खेतमा न्याय माग्दै प्रदर्शन
वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने
रास्वपाको फराकिलो अग्रता

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?