By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर ३, बुधबार १०:४८

मकवानपुर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको हो ।

स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नुभएका इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र विष्णुप्रसादको पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट इन्द्रकुमारको घरमा डेरा गरी बस्नुभएका दोर्ची शेर्पाको २५ मन अलैँचीसमेत जलेर नष्ट भएको छ । आगलागीबाट नै दुई ओटा मोटरसाइकल, सुनचाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक कागजात जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

रातको समय भएकाले कुनै पनि सामग्री निकाल्न नपाएको र नियन्त्रणका लागि दमकल पानीको समेत अभाव भएकाले बढी क्षति भएको स्थानीयको भनाइ छ । आगो बिहान साढे ५ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । पार्किङ गरी राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
कास्की कारागार : फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार
मकवानपुरका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो
हरि ढकालको दाबी: अब १५१ जना संसद्‌मा पुग्छौं

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?