By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पत्रकारले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन् : उपराष्ट्रपति

पत्रकारले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन् : उपराष्ट्रपति

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख २०, आईतवार १२:२७

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन् ।

उनले भनेका छन्, “पछिल्लो समय सञ्चारमाध्यम केवल मुद्रित वा प्रसारणमा सीमित छैन, सामाजिक सञ्जालले समाचारको पहुँचलाई तीव्र बनाएको छ, तर ‘एल्गोरिदम’को प्रभावले सत्य समाचारलाई कहिलेकाहीँ छायाँमा पार्छ, भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्छ, यसले पत्रकारिता र नागरिक दुवै समक्ष सत्यलाई पहिचान गर्ने, विवेकपूर्ण छनोट गर्ने र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्नेजस्ता चुनौती थपिदिएको छ ।”

उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकारमात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सन्दर्भमा, यहाँका पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन्, तर आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ, यी चुनौतीलाई सामना गर्न संविधानमा निहित प्रेस स्वतन्त्रताको व्यवस्था हाम्रो मार्गदर्शन हो ।”

नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताए । संविधानले दिएको सो अधिकारको प्रयोग र रक्षा गर्दै पत्रकारिता निर्भयपूर्वक अघि बढोस् भनी उनले शुभकामना व्यक्त गरे ।

Facebook Comments Box
सवारी दुर्घटनामा दुई जना घाइते
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
उपत्यकाका १५ सिटमा रास्वपाको क्लिन स्वीप
रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड
जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?