मकवानपुर । जाजरकोट र प्युठानमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ अवलगुर्ता बस्ने अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही ठाउँस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
त्यस्तै, प्युठानको माण्डवी गाउँपालिका–१ थक्लेनीस्थित माडी नदीमा नुहाउने क्रममा डुबेर नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङ बस्ने ३५ वर्षीय फरम मल्लको बिहीबार दिउँसो मृत्यु भएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Facebook Comments Box
