By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड

रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष १०, बिहीबार १२:२७

मकवानपुर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गर्नुभएको छ । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र वा आर्थिक क्षेत्र स्थापना गर्ने प्रस्ताव समावेश गरिएको छ ।

जसमा युक्रेनमाथि फेरि आक्रमण भएमा अमेरिका, नाटो तथा युरोपेली देशहरूबाट संयुक्त सुरक्षा प्रत्याभूति प्रदान गरिने उल्लेख छ । पूर्वी डोनबास क्षेत्रको सन्दर्भमा उहाँले युक्रेनी सेनाले केही दूरीसम्म भारी हतियार फिर्ता लिएर निःशस्त्रीकरण वा आर्थिक क्षेत्र बनाउन सकिने बताउनुभएको बीबीसीले जनाएको छ । रूसले डोनेत्स्क क्षेत्रको झन्डै एक चौथाइ भूभागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ ।

तर युक्रेनले रूसले पनि बराबर दूरीसम्म आफ्ना फौज फिर्ता गर्नुपर्ने शर्त अघि सारेको छ । नयाँ योजनामा युक्रेनलाई शान्ति कालमा अधिकतम ८ लाख सैनिक बल राख्न अनुमति दिने, युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गर्ने, र रूससँग गैर–आक्रमण सम्झौता गर्ने प्रस्ताव छ ।

साथै, अन्तर्राष्ट्रिय निगरानी संयन्त्रसहित सीमामा विदेशी बल परिचालन गर्ने विषय पनि उल्लेख गरिएको छ । जेलेन्स्कीले डोनबास र जापोरिज्जिया परमाणु विद्युत् केन्द्र वरपर आर्थिक क्षेत्र स्थापना गर्नुपर्ने र रूसले सुमी र खार्किभलगायत अन्य केही क्षेत्रबाट फौज फिर्ता गर्नुपर्ने माग राख्नु भएको छ ।

यस योजनामा युक्रेनलाई युरोपेली संघमा सदस्यता दिने स्पष्ट समयसीमा प्रस्ताव गरिएको छ भने झन्डै २०० अर्ब डलरको लगानी कोष स्थापना गर्ने योजना पनि समावेश छ । यस विषयमा रूसको प्रतिक्रिया आउन बाँकी रहेको खबरमा उल्लेख छ ।

Facebook Comments Box
सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित, उपेन्द्र यादवको संसद् यात्रामा ‘ब्रेक’
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
लङ्गुरबुर्जा खेलाउने पाँचजना पक्राउ
आज मध्यरातिदेखि मतदान नसकुञ्जेल सार्वजनिक सवारी सञ्चालन बन्द

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?