मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी निर्वाचित भएका छन् ।
चौधरी ३२ हजार ८७५ मतसहित निर्वाचित हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको संसद् यात्रामा ‘ब्रेक’ लागेको छ ।
यादवले १५ हजार २३९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरे । जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ६८९ मत प्राप्त गरे ।
Facebook Comments Box
