By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कञ्चनपुर–कमला सडक विस्तारमा ढिलासुस्ती

कञ्चनपुर–कमला सडक विस्तारमा ढिलासुस्ती

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २०, शुक्रबार १५:१३

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट उत्पन्न धुवाँधुलोका कारण आजित भएका स्थानीय बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन् । निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले यातायात सेवा ठप्प पारेका हुन्।

यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो । सन् २०२० अक्टोबरदेखि निर्माण कार्य सुरु भएको थियो । योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् सन् २०२३ अक्टोबरसम्ममा ८६.८२ किलोमिटर लामो यो सडकखण्ड विस्तार गरिसक्नुपर्ने थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप गरिसकिएको छ।

पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र हालै तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । आयोजनाको कूल लागत भेरिएसनसहित करिब रु १६ अर्ब आठ करोड ५० लाख अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ ।

पाँच वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ६९ प्रतिशत मात्र पुगेको छ । आयोजनाको पूर्वी खण्ड ९३९.४२ किमि० मा करिब ६७ प्रतिशत र पश्चिम खण्ड ९४७.४ किमि० मा ५५ देखि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । कोभिड–१९ महामारी, रुख कटान र विद्युत्का पोल सार्ने जस्ता काममा ढिलाइ, निर्माण सामग्रीको अभाव र स्थानीयको अवरोधका कारण कामले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठको भनाइ छ ।

सडक विस्तारको सुस्त गतिले लहान र मिर्चैया जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम बढेको छ । ठेकेदार र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेको योजना प्रमुख श्रेष्ठले बताए ।

Facebook Comments Box
इरानको आक्रमणपछि तेलको मूल्य उकालो, सेयर बजार ओरालो
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर
बागमतीको चौरा आविका शिक्षक दर्लामी विद्यालयमै कुटिए

थप समाचार

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?