By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २५, बुधबार ११:२१

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर स्थापना गरेको स्थानीय अग्रज बताउँछन् । राजा मणिमुकुन्द सेनले आफ्ना राज्यको सीमा सुरक्षार्थ शक्तिपीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताए ।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँजसो नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् । महाराजा थान मन्दिर आज धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालुहरू मन्दिरमा आउने गरेका समितिका अध्यक्ष थापाले बताए । “यहाँका समुदायले अनुकूल वा प्रतिकूल जुनसुकै अवस्था आउँदा पनि यहाँ पूजा गर्ने गर्छन्”, अध्यक्ष थापाले बताए ।

तत्कालीन समयमा तराईमा औलोलगायत महामारी तथा रोग फैलिँदा त्यसबाट मानिसलाई जोगाउन मन्दिरप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरू आई कुखुरा, हाँस, परेवा, भेडा, पाठो, राँगोजस्ता बलि चढाई चार–पाँच दिनसम्म बास बसी धार्मिककार्य गर्ने गर्दथे भन्ने यहाँका अग्रजहरूबाट सुनिएको मन्दिरका अध्यक्ष थापाले बताए ।

यहाँका आदिवासी थारू समुदायले यसलाई सदियौँदेखि विशेष रूपमा पूजा गर्दै आएको उनको भनाइ छ । उक्त समुदायले महाराजा देवतासँग वर मागी निःसन्तान हुनेहरूको सन्तान प्राप्ति भएको र सो सन्तानको न्वारन पनि यसै मन्दिरमा आइपर्ने गरेको अध्यक्ष थापाले बताए । कतिपयले आफ्ना बालबच्चाको नामसमेत थारू भाषामा महाराजा÷महाराजी राखेको पाइएको उनले बताए ।

मन्दिर नजिकै रहेको हरियाली वातावरण, चिसो हावा र वरिपरि देखिने मनोरम दृश्यका कारण यहाँ घुमफिर गर्न तथा पूजा गर्न आउनेको सङ्ख्या बढ्दो रहेको अध्यक्ष थापाले बताए । यहाँ पञ्चबलिसहित परेवा उडाउन आउनेको सङ्ख्यासमेत उल्लेख्य रहेको अध्यक्ष थापाले बताए । मन्दिर व्यवस्थापन समितिले यसका लागि विभिन्न शुल्क निर्धारण गरेको छ ।

महाराजा थानमा विशेषगरी बडादसैँ र रामनवमी अर्थात् चैतेदसैँका अवसरमा मेलापर्वकै रूपमा धार्मिककार्य गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । महाराजा थान मन्दिरको विकासका लागि २०६९ सालमा महाराजा मन्दिर धार्मिक सेवा समिति निर्माण गरी यसको थप संरक्षणमा लागिएको अध्यक्ष थापाले बताए । मन्दिरको थप भौतिक संरचना निर्माण र मन्दिर परिसरको स्तरोन्नति तथा विकासका लागि डिपिआरसमेत तयार गरिसकिएको अध्यक्ष थापाले बताए। राज्यस्तरबाट ऐतिहासिकस्थलका रूपमा रहेको महाराजा थानको विकासका लागि पहल आवश्यक रहेको उनले बताए ।

कावासोती नगरपालिका–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि वडास्तरबाट रकम विनियोजन गरिएको छ । महाराजा थान जिल्लाकै प्रमुख धार्मिकस्थलका रूपमा रहेकाले यसको थप विकासका लागि प्रदेश र सङ्घस्तरबाट पनि सहयोग आवश्यक रहेको छ । महाराजा थानको थप व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा नवलपुरमात्र नभई देशकै महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको कार्यवाहक वडाध्यक्ष थापाले बताए ।

Facebook Comments Box
हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार
भोलि बेलुकादेखि शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना
आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत
सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ्गमा दुई दिन सार्वजनिक बिदा
नवरात्रमा कालिका भगवती मन्दिरमा विशेष पूजा

थप समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?