By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ २१, बिहीबार १२:२७

रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबर गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ ।

विना इजाजत मदिरा एवं सूर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तःशुल्क ऐन बमोजिम कारबाही गरिने कोलनिकाले स्पष्ट गरेको छ ।

जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे, पारच्याङलगायतका व्यापारिकस्थलका केही व्यवसायीले इजाजतपत्र नलिइकन मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ कोलनिकाले जनचेतनासहित प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको छ ।

प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले जिल्लास्थित उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित सम्बद्ध पेसामा आबद्ध व्यवसायीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका ६ जना व्यवसायीले मात्र अन्तःशुल्क बिक्री वितरणको अनुमति लिएका अभिलेख छ ।

कोलिनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्याका व्यावसायीले इजाजत नलिइकन कारोबार गरिरहेको देखिएकाले यथासक्य छिटो इजाजतपत्र लिएरमात्र पेशाव्यवासय गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । अन्तःशुल्कको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय, गल्छीबाट स्थायी लेखा नम्बर ९प्यान० लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन् ।

जिल्लास्थित कोलनिकाले चालु आवको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट रु आठ लाख ९९ हजार ७५० राजस्व सङ्कलन गरेको जनाएको छ

Facebook Comments Box
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
मनसुनमै खडेरीको जोखिम
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
अभियन्ता दुर्गा प्रसाईँ पक्राउ, अनुसन्धान अघि बढ्यो
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?