By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मनसुनमै खडेरीको जोखिम

मनसुनमै खडेरीको जोखिम

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख २७, आईतवार १२:५४

काठमाडौं। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ । यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ । मनसुनपूर्वको समय अर्थात् अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ ।

पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु मानिन्थ्यो । मनसुनपूर्वको समयमा हल्का वर्षा र हावाहुरी मात्र चल्थ्यो । त्यसपछि मनसुन सुरु हुन्थ्यो । असार महिनाभरजसो नै वर्षा निरन्तर हुन्थ्यो । साउन र भदौमा हल्का झरी कायम रहन्थ्यो । तर पछिल्ला केही वर्षयता यी मनसुनका चार महिना जेठ, असार, साउन र भदौमा वर्षा कम हुने गरेको छ । त्यसपछि लम्बिएर दसैँ र तिहारका बेला बेमौसमी वर्षाका रूपमा मनसुनको वर्षा ओइरिने प्रवृत्ति बढेको हो । यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । लम्बिँदै गएको मनसुनको प्रवृत्तिलाई विभागले आत्मसात् गर्दै मनसुन अवधि आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको रहने जनाएको छ ।

मनसुन ऋतुको जलवायु प्रक्षेपण सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रस्ट पारेको हो । मौसमविद् विभूति पोखरेलले भन्नुभयो, “जलवायु परिवर्तनको विश्वव्यापी असर हाम्रो वर्षा प्रणालीमा परेको छ, जसले लानिनो प्रणाली सक्रिय हुनुपर्नेमा यस सिजनमा अलनिनो प्रणाली सक्रिय गराउँदा ठ्याक्कै मनसुनमा वर्षा कम हुन थालेको देखिएको छ ।” मनसुनको सिजन जानै लाग्दा फेरि लानिनो सक्रिय हुने र दसैँ तिहारका बेला घना वर्षा भएर बाढीपहिरो, डुबानको समस्या थेग्नुपर्ने अवस्था केही वर्षयता दोहोरिएको उहाँले बताउनुभयो । जस अनुसार नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो र हिन्दमहासागरमा विकसित हुने इन्डियन ओसन डाइपोलको अवस्था पनि मनसुनको प्रतिकूल रहेको छ ।

पोखरेलले थप्नुभयो, “वर्षाको अनिश्चिततासँगै अद्यावधिक गरिरहनुपर्ने र नपर्ने समयमा वर्षा हुने जस्ता असामान्य मौसमी घटना जलवायु परिवर्तनका कारण निम्तिन थालेको छ ।” जसले गर्दा अधिक सुक्खा भएकै बेला अनायासै वर्षा भइदिने गर्दा कहिलेकाहीँ प्रक्षेपण र अनुमानसमेत प्रभावित हुने देखिएको छ ।

युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनमा परेको हिउँ र अन्तरऋतु परिवर्तनशीलताले पनि नेपालसहित दक्षिण एसियाको भेगमा वर्षा प्रभावित हुने औँल्याएको जानकारी मौसमविद् पोखरेलले दिनुभयो । विभागका अनुसार विश्व मौसम सङ्गठनका विश्वभर तथा क्षेत्रीयस्तरका जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को पूर्वानुमानले वर्षा कम हुँदा गर्मी सामान्यभन्दा बढ्ने देखिएको छ । गर्मी र खडेरीले पार्न सक्ने असरबारे पनि विभागले सरकारका सरोकारवाला निकायलाई सचेत रहन सुझाएको छ । बर्खेधानलगायत खाद्यान्न बालीसहितको कृषि उत्पादन, भूमिगत जल सञ्चितीमा खडेरीले प्रभाव पार्न सक्ने मौसमविद् पोखरेलले औँल्याउनुभयो ।

कुन भेगका कति वर्षा

वर्षाको पूर्वानुमान अनुसार कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी भू–भागमा ५५ देखि ६५ प्रतिशतसम्म सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले औँल्याएको छ । सुदूरपश्चिम प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र कोशी प्रदेशको मध्यभू–भागमा पनि ४५ देखि ५५ प्रतिशत सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने ३५ देखि ४५ प्रतिशत सरदर वर्षा हुने सम्भावना छ भने देशका बाँकी भू–भागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने विभागले औँल्याएको छ ।

तापक्रम बढ्ने सम्भावना

तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले प्रस्ट पारेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णालीको उत्तरी भू–भाग, लुम्बिनीको पश्चिमी भू–भाग, गण्डकीको उत्तर–पूर्वी तथा दक्षिणी भू–भाग, बागमतीको पश्चिमी भू–भागमा तापक्रम बढ्ने छ ।

त्यस्तै मधेशको पूर्वी तथा पश्चिमी भू–भाग र कोशीको पूर्वी तथा दक्षिणी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको औँल्याएको छ । कोशीको मध्य र सुदूरपश्चिमको पूर्वी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भू–भागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

Facebook Comments Box
जलवायुसम्बन्धी नौ बुँदे गोक्यो घोषणापत्र जारी
शिवमद्वारा छात्राका लागि विशेष छात्रवृत्ति प्रदान
सुनको भाउ हालसम्मकै उच्च, तोलाको ३ लाख ९ हजार
कारागारमा मतदान प्रक्रिया जारी
आज देशभरको मौसम कस्तो रहला ?

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?