By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन थलथले पोखरी नयाँ गन्तव्य

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन थलथले पोखरी नयाँ गन्तव्य

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १८, बुधबार ११:१४
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

भोजपुर । जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका–१ मा अवस्थित थलथले पोखरीको संरक्षण तथा स्तरोन्नति गरिएको छ । प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले यो पहल अघि बढाएको हो ।

वर्षौँदेखि स्थानीयका लागि पानीको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको थलथले पोखरी पछिल्लो समय संरक्षण अभावका कारण जीर्ण बन्दै गएको थियो । पोखरी वरपर झारपात बढ्नु, संरचना कमजोर बन्दै जानु तथा पानीका मुहानहरू जोखिममा पर्न थालेपछि यसको संरक्षण गरिएको हो । पोखरीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालय र गाउँपालिकाको साझेदारीमा संरक्षण कार्य सुरु गरिएको हो ।

पोखरीभन्दा तल रहेका पानीका मुहानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ । ती मुहानहरू स्थानीय बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्, जसले खानेपानी र सिँचाइको प्रमुख आधारका रूपमा काम गर्दै आएका छन् । मुहान जोगाउने उद्देश्यले पोखरी क्षेत्र वरपर सरसफाइ, माटो कटान नियन्त्रण, संरचनागत सुधारका काम गरिएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिए ।

वडाध्यक्ष विष्टका अनुसार वडा कार्यालय र गाउँपालिकाको करिब रु सात लाख ५० हजारको लगानीमा पोखरी संरक्षण गरिएको हो । “हामीले जलस्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष विष्टले भने, “यससँगै पर्यटन विकासलाई जोडेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएका छौँ ।”

थलथले पोखरी जोर आहल–संखामचुली पदमार्ग नजिकै पर्ने भएकाले यसको रणनीतिक महत्त्व अझ बढेको छ । पछिल्लो समय यो पदमार्ग आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा थलथले पोखरीलाई सोही मार्गको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । पदयात्रामा निस्कने पर्यटकका लागि यो स्थान विश्राम, अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभूति लिन उपयुक्त स्थल बन्ने विश्वास गरिएको छ ।

पोखरी वरपरको हरियाली, शान्त वातावरण, चिसो हावा र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई विशेष बनाएको छ । संरक्षणपछि पोखरीको स्वरूप आकर्षक बनेसँगै फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउने स्थानका रूपमा यसको सम्भावना बढेको स्थानीयवासी बाचिधन राईले बताए । उचित प्रचारप्रसार गर्न सकेमा थलथले पोखरी आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने उनको भनाइ छ । पोखरी संरक्षणसँगै पानीको स्रोत सुरक्षित भएकाले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न योजना अघि बढाउने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । स्थानीय समुदायको सहभागितामा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । प्राकृतिक मुहानहरूको संरक्षणको लागि गाउँपालिकाले एक टोल एक पोखरीको अवधारणा अनुसार काम गरिरहेको अध्यक्ष राईले बताए । यहाँको प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइएको छ । थलथले पोखरीको संरक्षणले केवल एक जलस्रोत जोगाउने मात्र नभई सामाजिक र पर्यावरणीय विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ ।

Facebook Comments Box
७५ जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र
 पछिल्लो समयमा मकवानपुरका महिला उद्योगी व्यवसायी बढ्दो क्रममा
सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण
सुनसरीमा चुनावी माहोल तात्दै, आचारसंहिता पालना गर्ने प्रतिबद्धता
गृहमन्त्रीद्वारा एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भ

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?