By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘कर्णाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

‘कर्णाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १८, बुधबार १०:०५

कर्णाली । कर्णाली जस्तो विकट भूगोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौँद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बारखरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले हुलाक सेवालाई परिष्कृत एवं प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए ।

प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई उपेक्षित गरिएको अवस्थामा नवगठित सरकारले सय बुँदे कार्यसूचीमा राखेर नयाँ ढङ्गले अगाडि बढाउने नीति लिएको बताए । उनले यही चैत १४ गते सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरेको बताए ।

“सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत कागजातरसामग्री घरमै पुर्‍याउने लक्ष्य राखेकाले यसको उपदेयता बढेको छ”, प्रशिक्षक आचार्यले भने ।

उनले कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनै पनि देशले हुलाकको उपदेयतालाई कम हाक्न नसकेको बरु परिष्कृत बनाउँदै लगेको बताए । जापानमा सरकारलाई सबैभन्दा बढी राजस्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाक सेवालाई पनि थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।

छ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण तथा प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायब सुब्बा र खरिदार तहका कर्मचारीको सहभागिता रहेको छ ।

Facebook Comments Box
आशा भोसलेलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिँदै छ।
आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना
बागलुङ महोत्सवको तयारी तीव्र
कमाउन गएको छोरा दलालको फन्दामा परेपछि…
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?