By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बागलुङ महोत्सवको तयारी तीव्र

बागलुङ महोत्सवको तयारी तीव्र

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर २६, शुक्रबार १२:५६

बागलुङ । खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।

महोत्सवले बागलुङको व्यापारमा सघाउने लक्ष्य लिइएको छ । सातवटा महोत्सव बागलुङ बजारको मुटु धौलागिरी क्याम्पसमा गरिदैआएको थियो । यस पटकबाट बाङ्गेचौर खेल मैदानमा गर्न थालिएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । अध्यक्ष शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास गरिने बताउनुभयो । उहाँले महोत्सवमा यानीमाया, सोरठीजस्ता नृत्य देखाइने बताउनुभयो ।

पर्यटनको प्रवर्धन, जिल्लाको विकास निर्माणमा महोत्सवले सघाउने शाक्यको भनाइ छ । महोत्सवमा ८ लाख देखि १० लाख दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ। महोत्सवको मुनाफाबाट कोसेली घर व्यवस्थित गर्ने, सडक मानवमुक्त नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रतिटिकट १० रुपियाँ सहयोग गर्ने, खेलकूदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य संघबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख रुपियाँ जम्मा गर्ने लगायतको सामाजिक उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय भागो, गुन्द्रुकजस्ता उत्पादनको प्रचार–प्रसार गर्ने गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामग्रीसहितको प्रदर्शनी राखिने छ ।

Facebook Comments Box
टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै
सडक विस्तारमा सहयोग गर्दै स्थानीय, स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थाले
एघार देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
विभिन्न कार्यक्रम गरी आज ग्याल्पो ल्होसार मनाइँदै

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?