By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एघार देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा

एघार देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १०, बिहीबार ११:५१

भोजपुर । नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् ।

मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिए । उनले भने, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरूलाई पदयात्रा गराई अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तर्राष्ट्रिय स्रष्टाहरू खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरूलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुति गरिएको थियो ।

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरूलाई प्रत्यक्ष भ्रमण गराएर र अन्य माध्यमबाट मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरूलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ । स्वदेशी तथा विदेशी स्रष्टाहरूले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायकगायिकालाई गाउन लगाएर ‘रेकर्ड’ गरिने लक्ष्य लिइएको छ ।

सो पदयात्रामा कोशी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेकबहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला सहभागी थिए ।

त्यसैगरी, मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि र बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की सहभागी थिए । लुम्बिनी प्रदेशबाट देव राना र कर्णाली प्रदेशबाट सागर उद्गम, अम्बिका गौतम तथा सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाको सहभागिता थियो ।

नेपाल बाहिरबाट भारतको दार्जीलिङबाट डा सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिलकुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ, अष्ट्रेलियाबाट स्टिफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिक र रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान, कोरियालगायतका देशका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै विकासमा सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

Facebook Comments Box
बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु
अवैध रूपमा ल्याइएका ७ गोरुसहित ट्रक चालक र सहचालक नियन्त्रणमा
आज सबैजसो प्रदेशमा वर्षा र बदली
नाइजेरियाको मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?