मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी चेकपोष्ट अगाडि पूर्व–पश्चिम सडकखण्डमा अवैध रुपमा चौपाय ओसारपसार भइरहेको अवस्थामा एक मिनी आइचर ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा।प्र।०३–००१ ख १२२० नम्बरको मिनी आइचर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजपत्र बिना अवैध रुपमा ल्याइएका ७ वटा चौपाय ९गोरु० फेला परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइनेमा ट्रक चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय खडक बहादुर विश्वकर्मा रहेका छन्।
पक्राउ परेका दुवै व्यक्ति, ट्रक तथा चौपायलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
