By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सडक विस्तारमा सहयोग गर्दै स्थानीय, स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थाले

सडक विस्तारमा सहयोग गर्दै स्थानीय, स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थाले

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ९, सोमबार ११:५२

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयवासी आफै अग्रसर भएका बताए ।

“वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गरेका छन्,” उनले भने “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङवासी सडक फराकिलो पार्न आफै अग्रसर भएकाले निर्माण व्यवसायीलाई काम गर्न सजिलो भएको छ ।”

धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्शाङ्कन भएको छ । धौलागिरि टोलका अध्यक्ष मेख पुनले बैठक मार्फत नै सडक फराकिलो पार्नका लागि मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताए ।

धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर विवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरुको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताए ।

यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलङ्गे पुलतर्फ सडकको दायाँबायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो ।

यस वर्ष सङ्घीय सरकारको समपुरक योजनामार्फत दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन योजना निर्माण सुरु भएको छ ।

रु. एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्स छनोट भएको छ ।

विसं २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको योजना आगामी २०८३ असार १५ गते सम्पन्न गर्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले जानकारी दिए । उनका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ ।

सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ । तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।

Facebook Comments Box
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार
चट्याङ लागेर युवकको मृत्यु
सुनको भाउमा गिरावट
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?