कञ्चनपुर । कञ्चनपुरमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा दिउँसो जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
मृतकको पहिचान नखुलेको र जीप चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Facebook Comments Box
