By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार: दुई पक्राउ, एक जना प्रहरीको गोली लागेर घाइते

मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार: दुई पक्राउ, एक जना प्रहरीको गोली लागेर घाइते

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २८, बिहीबार ११:५३

मकवानपुर । मकवानपुरमा प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना प्रहरीको गोली लागेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीका अनुसार गएराती मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले अचानक प्रसनि तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागी मध्यम घाइते भएको प्रहरीले जनाएको छ।

आत्मरक्षाका लागि प्रसनि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौंडा बस्ने करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको छ। गोली लागेर घाइते भएका तितुङलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो। सो टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने करिब २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका करिब ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई जना तथा गोली लागेर घाइते भएका तितुङ विगतमा लागुऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरीसम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Facebook Comments Box
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरीवाना
कैलालीमा बेपत्ता बालिका मृत फेला
केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित
हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?