By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित

केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ६, सोमबार १६:४६

मकवानपुर ।राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित छन् ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए ।

कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण अभिलेखमा कुनै क्षति नपुगेको तथा सुरक्षित नै रहेको उहाँले बताउनुभयो । विभिन्न उजुरीमाथि भइरहेको छानबिनसम्बन्धी फाइल, उजुरी र अरु केही महत्वपूर्ण अनुसन्धानका फाइल पनि सुरक्षित नै रहेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनाबाट केन्द्रको भुइँ तल्लामा र पहिलो तल्लामा क्षति भएको थियो । आगजनीबाट केन्द्रले प्रयोग गरेका अधिकांश कोठामा भने कुनै न कुनै क्षति भने पुगेको छ । अण्डरग्राउण्ड पार्किङमा भएका सवारीसाधन जलेपछि त्यसको असर सम्पूर्ण कार्यालयमा परेको छ ।

धुँवाको मुस्लो र आगोको ज्वालाको प्रभाव परेपछि अधिकांश कोठा बस्न योग्य छैन । केही झ्याल पनि जलेको छ । पार्किङमा राखिएका १३ वटा चार पाङ्ग्रे र १२ वटा दुईपाङ्ग्रे सवारीसाधन जलेको पनि केन्द्रले जनाएको छ । उक्त घटनापछि पानी, बत्ती, टेलिफोन, इन्टरनेटसम्बन्धी सेवा अवरुद्ध भएकामा अहिले मर्मतसम्भार गरी जोड्ने काम भइरहेको छ ।

आगजानी र तोडफोडको घटनापछि केन्द्रका सचिवको नेतृत्वमा क्षतिको विवरण लिने र सबै कर्मचारी जुटेर कार्यालय परिसरको सरसफाइको काम गरिएको पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

केन्द्रले सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी सङ्कलन गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने कार्य गर्दै आएको छ ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने तथा विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्ने कार्य जिम्मेवारी पनि केन्द्रलाई प्राप्त छ ।

विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोसाक, सिट छड्केजस्ता सुधारात्मक कार्य पनि केन्द्रले गर्दै आएको छ ।

Facebook Comments Box
चितवनमा बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान
उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको भन्दै रास्वपा बागमतीका उपसभापतिले पनि पार्टी छाडे
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
चैत २ देखि ८ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदै
सीमा सुरक्षा बल बैठक : सुरक्षा प्रभावकारी बनाउने निर्णय

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?