By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग १० लाख धरौटी माग

मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग १० लाख धरौटी माग

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २७, बुधबार १७:५७

मकवानपुर । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेका राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन सदस्य एवं मालपोत कार्यालय पोखराका पूर्वप्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

त्विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल उमेश कोइराला र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो । प्रतिवादी अधिकारीले अदालतमा बयान दिँदै आफूले नियतवश गल्ती नगरेको र सुकुम्वासी समस्या समाधान आयोगको निर्णय कार्यान्वयन मात्र गरेको दाबी गरेका थिए ।

तर, अदालतले मिसिल संलग्न प्रमाणहरू र तत्काल प्राप्त प्रमाणका आधारमा उनी निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिएको जनाएको छ । “प्रतिवादीको पदीय जिम्मेवारी र भूमिका समेतलाई दृष्टिगत गरी मुद्दा पुर्पक्षको लागि १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारेखमा राख्नू,“ आदेशमा भनिएको छ ।

तत्कालिन मालपोत प्रमुख अधिकारी लिचिबारी जग्गासम्बन्धि घुस प्रकरणमा समेत मुछिएका कर्मचारी हुन्। उनको कास्की मालपोतमा थमौतीका लागि त्यसबेला तत्कालिन मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायतबिच घुस लेनदेन भएको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान गरी त्यसमा छुट्टै मुद्दा दायर गरिसकेको छ । जून मुद्दामा गुप्ता भने कारागारमा छन् ।

अधिकारीमाथि पोखराको साविक कण्यानडाँडा गाउँ विकास समिति वडा नं। ४ (हाल पोखरा महानगरपालिका वडा नं। २६० मा रहेको कित्ता नं। ७२५ को ३–३–०–० ९तीन रोपनी तीन आना) सरकारी जग्गा भूमाफिया र नक्कली सुकुम्वासीसँगको मिलेमतोमा व्यक्ति (भीमबहादुर वि।क।) को नाममा दर्ता गराएको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Facebook Comments Box
चार दल मात्रै पुगे समानुपातिकको थ्रेसहोल्डमा
पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?