मकवानपुर । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो।
Facebook Comments Box
