By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आजदेखि मलमास शुरु : मत्स्यनारायणमा पुरुषोत्तम मेला

आजदेखि मलमास शुरु : मत्स्यनारायणमा पुरुषोत्तम मेला

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ३, आईतवार १०:५१

काठमाण्डौं । आजदेखि मलमास अर्थात् अधिकमास शुरु भएको छ । आउँदो असार १ गतेसम्म अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि शुरु भएको हो । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।

एउटा औँशीदेखि अर्को औँशीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद् प्रा।डा देवमणि भट्टराईले बताउनुभयो ।

त्यस्तै पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनुभयो । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ ।

यसैबीच काठमाण्डौको चन्द्रागिरि नगरपालिका अन्तर्गत मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा आजदेखि पुरुषोत्तम मेला शुरु भएको छ । हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरुषोत्तम मेला चल्नेछ ।

मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन आउने गर्छन् । पोखरीले घेरिएको यस मन्दिरमा हरेक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ ।

कीर्तिपुर, कलङ्कीको तीनथाना र थानकोटबाट झण्डै ३र४ किलोमिटर दूरीमा रहेको मत्स्यनारायण मन्दिर १७ सय वर्षअघि निर्माण भएको हो । यहाँ ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ । मच्छेनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

Facebook Comments Box
हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
हिंसामा परेका महिलालाई आत्मनिर्भर बनाउँदै स्थानीय सरकार
३ वर्षभित्र किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी
बन्धक बनाइएका बोहरा सुरक्षित, टेकु होटलबाट उद्धार
बजार बढ्यो, कारोबर घट्यो

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?