By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विभिन्न स्थानमा सडक दुर्घटना, पाँच जनाले ज्यान गुमाए

विभिन्न स्थानमा सडक दुर्घटना, पाँच जनाले ज्यान गुमाए

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १६:१९

मकवानपुर।पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। नवलपरासी पूर्व, कञ्चनपुर, धादिङ, सुनसरी र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–४ स्थित कालिगण्डकी चोकमा ना.५ ख ९००६ नम्बरको ट्रकले ना.२८ प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय नवीन घताने गम्भीर घाइते भएका थिए। उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा से.३ प २००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय मानबहादुर चौधरीको ज्यान गएको छ। शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।

धादिङको बैरेनी बजारमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३९ वर्षीय होमबहादुर तामाङको मृत्यु भएको छ। बा.८२ प २९६५ र बा.प्र.०२–०६४ प ५७८६ नम्बरका मोटरसाइकल जुध्दा भएको दुर्घटनापछि प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

सुनसरीको रामधुनी नगरपालिका–६ इचोलमा कारले सफारीलाई ठक्कर दिँदा ६० वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको छ। बागमती प्रदेश १–०३३ च ८८७८ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका सफारी चालक कार्कीको धरानस्थित घोपा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१४ ढ्याङपुरमा लु.३ त ७६५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ३५ वर्षीय कलेशु चौधरीको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले यी सबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन
सुनको मुल्य दुई हजार रूपैयाँले घट्यो
झापा– १ मा रास्वपाका डाँगीको अग्रता
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न
ढोरपाटनमा पर्यटक सूचना केन्द्र स्थापना

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?