By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ

हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १४:०५

मकवानपुर । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।

चितवन ३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गरेकी छन्। विकासका लागि जनतामैत्री नीति–नियम आवश्यक रहेको महसुस भएपछि १५ महिना कार्यकाल बाँकी हुँदाहुँदै भरतपुर महानगरपालिकाको प्रमुख पदबाट बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको उनले बताइन्।

निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरिन्। आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि काम गर्न उनले शुभकामना दिएकी छन्।

निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले यो विश्वास कहिल्यै नबिर्सने बताइन्। साथै चुनावी अभियानमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि उनले धन्यवाद दिएकी छन्।

चितवनबासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता समेत दाहालले व्यक्त गरेकी छन्।

Facebook Comments Box
चरेस कारोबार गर्ने पाँच पक्राउ
मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा
बाँके प्रहरीद्वारा ३ करोडभन्दा बढी जरिवाना असुल
गरिबीका कारण जेल परेकालाई मुक्त गराउने र शिक्षा प्रवर्द्धन गर्ने बर्तौलाको प्रतिबद्धता

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?