By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २०, मंगलवार १०:३२

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् ।

यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो ।

तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रहरीले बयान नसकिएको बहानामा पटकपटक म्याद थप गर्न पेस गरेपछि उच्च अदालत, पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न भन्दै उनलाई अन्तिम पटकका लागि म्याद थप गरेको थियो ।

उच्च अदालतको आदेशबमोजिम त्यो म्याद पनि सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जहानीमा रिहा गरेको थियो ।

सीआईबीले उनीमाथिको अनुसन्धान प्रतिवेदन अहिलेसम्म पनि सरकारी वकिल कार्यालयमा बुझाउन सकेको छैन। उनी हाजिर जमानीमा रिहा भएपछि प्रभु बैंकको सञ्चालक समितिले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

निलम्बन फुकवासँगै उनले प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । तीन दशक बैंकिङ क्षेत्रमा रहेका शेरचन प्रभु फाइनान्स तथा प्रभु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

किस्ट बैंकमा प्रभु विकास बैंक मर्जर भएपछि बनेको प्रभु बैंकमा उनी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए । पछि उनी बैंकको प्रमुख कार्यकारी अधिकृत बने ।

उनी प्रमुख कार्यकारी अधिकृत हुँदा प्रभु बैंकसँग ग्रान्ड बैंक, सेञ्चुरी बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभेर संस्थालाई विशाल बनाएका थिए ।

Facebook Comments Box
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आज हावाहुरी चल्न सक्ने
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
‘अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रदेश, स्थानीय सरकारसँग छलफल’
सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय
सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?