मकवानपुर । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का विजयी भएका छन् । खड्काले नेपाली कांग्रेसका भीम श्रीसलाई पराजित गरेका हुन् ।
उनले २० हजार ९२७ मत लिएर विजयी हुँदा श्रीसले ११ हजार ९४४ पाए । एमालेका हिरा केसीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
यस क्षेत्रमा कुल ९८ हजार ४६ जना मतदाता रहेको यस क्षेत्रमा ४९ हजार २४२ मत खसेको थियो । शुक्रबार दिउसो अबेरदेखि मत गणना सुरु भएको थियो ।
Facebook Comments Box
