By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चार महिनापछि खुल्यो सङ्घीय खानेपानी जुम्ला कार्यालयको ताला

चार महिनापछि खुल्यो सङ्घीय खानेपानी जुम्ला कार्यालयको ताला

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर ४, बिहीबार ११:१३

मकवानपुर । जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए । कार्यालय खारेज भएपछि प्रतिनिधिसभामा जुम्लाका सांसदहरुले तत्कालीन सरकारको ध्यानाकर्षण गराएका थिए ।

िल्लादेखि सदनसम्मको आवाज र पहलले पछि सरकारले जुम्लालाई फिल्ड कार्यालयको रुपमा पुनः जिम्मेवारी दिएको थियो । तर स्थायी कार्यालय आवश्यक रहेको भन्दै तालाबन्दी यथावत थियो । उक्त तालाबन्दी कामकाजका लागि खोलिएको छ ।

जिल्ला स्तरीय पहलकर्ताको नेतृत्व गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले काम काजका लागि ताला खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय फिल्ड कार्यालयले गर्ने कामहरु कार्यालय तालाबन्दी हुँदा असर हुने भएको सेवाग्राहीको गुनासो अनुसार जनप्रतिनिधि, राजनैतिकदलको सल्लाहमा ताला खोलिएको छ । फिल्ड कार्यालय जुम्लाका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि कार्यालय तालाबन्दी हुदा सेवाग्राहीबाट गुनासो बढेकाले कार्यालयको माग अनुसार ताल खुलेकोमा सबैलाई धन्यवाद दिनुभयो ।

नयाँ भवनमा ताला यथावत
जिल्ला समन्वय समितिका प्रमुख आचार्यले भने यहाँको बृहत धौलीगाड खानेपानी आयोजनाको काम रोकिएकाले काम सुचारु नहुँदासम्म ताला नखोल्ने समन्वय प्रमुख आचार्यले जानकारी दिनुभयो । यता अन्य कार्यालय खुलेपनि जुम्लाको स्थायी कार्यालयका लागि पहल निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो । जुम्लामा करोडौँको भवन लगाएर कार्यालय सरेपछि सरोकारवाला निकाय र राजनैतिकदल विरोध गर्दै आएका छन् ।

फिल्ड कार्यालयको लेखा प्रणाली भने सङ्घीय खानेपानी कार्यालय सुर्खेतबाट सुरु भएको छ । सरकारले खानेपानी आयोजना जुम्ला खारेज गरेपछि माथिल्लो कर्णालीको काम समेत प्रभावित हुन थालेको छ । लेखा प्रणालीनै सुर्खेत सारेपछि खानेपानीका सानातिना कामले कर्णालीका मानिसहरु सुर्खेत जानुपर्ने बाध्यताले विरोध भइरहेको पाइन्छ ।

सरकारले गत असारमा कार्यालय खारेज लेखाप्रणली हटाएपछि कर्मचारी दरवन्दी पनि हटाएको छ । अहिले जुम्ला फिल्ड कार्यालयमा खानेपानी कार्यालय सुर्खेतअन्तर्गत ईन्जिनियर कपिल प्रसाद मोचीसहित तीन जना खटाएइको छ । तर सबै काम कामकाज सुर्खेतबाट गर्नुपर्ने भएकाले समस्या भइरहेको छ । सङ्घीय खानेपानी सुर्खेतका प्रमुख भोलाप्रसाद थापाले धौलीगाड खानेपानी तातोसिजनमा काम अगाडि बढ्ने बताउनुभयो । उहाँका अनुसार फिल्ड कार्यालयमा पनि द्रुत बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments Box
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
पोखरामा ‘अपरेसन ३६५’: छ सय ७५ मोटरसाइकल समातिए
माइक्रोबस दुर्घटनामा परेकाको पहिचान खुल्यो
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
साढे ६ अङ्कले घट्यो शेयर बजार,कारोबार रकम बढ्यो

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?