By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रौतहटमा माधव चौथो, प्युठानमा सूर्य पाँचौँ स्थानमा

रौतहटमा माधव चौथो, प्युठानमा सूर्य पाँचौँ स्थानमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २२, शुक्रबार १३:५१

मकवानपुर। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । काठमाडौँ– १ र मुस्ताङमा क्रमशः रास्वपा र कांग्रेसका उम्मेदवार निर्वाचित भैसकेका छन् । त्यसबाहेक अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

झापा ५, सर्लाही ४ लगायतका निर्वाचन क्षेत्रसहित धेरैजसो क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नं। १ को मतगणनाको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन् ।

रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् । नेपाल पूर्व प्रधानमन्त्री हुन् ।

यस्तै, नेकपा एमालेका नेता सूर्य थापाको जिल्ला प्यूठानमा पनि मतगणना जारी छ । त्यहाँ अहिलेसम्मको मतगणनामा थापा पाँचौँ स्थानमा छन् । प्राप्त विवरणअनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन् । यो क्षेत्रमा रास्वपाका सुशान्त बैदिक ५०५ मतसहित अग्रस्थानमा छन् ।

त्यस्तै, कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत पाउँदा राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४, नेकपाका कृष्णध्वज खड्काले १०८ मत पाएका छन् ।

Facebook Comments Box
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता
आजबाट ८० हजार सेना फिल्डमा परिचालन
तीन कैदी पक्राउ
मकवानपुर–१ बाट रास्वपाका प्रकाश गौतम विजयी

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?