By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आजबाट ८० हजार सेना फिल्डमा परिचालन

आजबाट ८० हजार सेना फिल्डमा परिचालन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २१, बुधबार १०:५१

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (आजबाट)नेपाली सेना परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।

यस्तै सेनाले निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर, इटहरी गरी पाँच ठाउँमा हेलिकप्टर पनि ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ ।

केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरूमा पनि हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र ढुवानी सेनाले गर्नेछ ।

यस्तै सेनाले निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थ प्रयोग गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर बम डिस्पोजल टोली पनि तैनाथ राखेको बताएको छ ।

त्यस्ता टोली अति संवेदनशील मतदानस्थल भएका क्षेत्रमा ‘अलर्ट’मा राखिएको छ । यस्तै, निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि ठुलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।

Facebook Comments Box
तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु
सुनको मूल्यमा सामान्य गिरावट
आम निर्वाचनको बीचमा जापानमा हिमपातको : ४२ जनाको ज्यान गयो
यस्तो छ विदेशी मुद्राको विनिमय दर

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?