By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १६, शनिबार ११:२८

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै क्षेत्रमा चुनावको चर्चा–परिचर्चा भइरहेको छ । दलहरू आफ्नो प्रचार–प्रसारमा लागेका छन् भने जनता पनि चासोका साथ नियालिरहेका छन् । सामाजिक सञ्जाल यतिबेला चुनावी चर्चाले नै रङ्गिएको छ ।

शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी कर्मचारीको काँधमा रहने गर्दछ । हाल देशभर विभिन्न कर्मचारीहरू निर्वाचनमा खटिँदै छन् भने यसका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी फिल्डमा खटिने क्रम जारी रहेको छ । हाल निर्वाचनका आवश्यक सामग्रीहरू मतदानस्थल तथा केन्द्रमा पु¥याउने र व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ ।

निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिने सुरक्षाकर्मी, सबै तहका कर्मचारी तथा विशेषगरी मतदान अधिकृत र सहायक अधिकृतको भूमिका महत्त्वपूर्ण हुने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

अर्यालका अनुसार निर्वाचन सफल र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आवश्यक छ ।

उनले निर्वाचन सफल बनाउन मतदानमा खटिने कर्मचारीले ‘पाँच पी’ को पालना गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी अक्षर ‘पी’ बाट सुरु हुने शब्दहरू उल्लेख गर्दै उनले पहिलो ‘पी’ पक्चुअलिटी (समयपालन), दोस्रो ‘प्रोसेस’ (प्रक्रिया पालना), तेस्रो ‘पेसन्स’ (धैर्यता), चौथो ‘पार्टिसिपेसन’ (सक्रिय सहभागिता) र पाँचौँ ‘इम्पार्सियलिटी’ (निष्पक्षता) कायम गर्न आवश्यक रहेको बताए ।

यी मापदण्डको पालना गरिए निर्वाचन निष्पक्ष र व्यवस्थित हुने उनको विश्वास छ । उनले यी पाँच कुरामा कमजोरी भए अन्तिम ‘पी’ का रूपमा ‘पेनालाइज’ अर्थात् ‘पनिसमेन्ट’ (दण्ड) पनि भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

यसअघि पनि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन शब्दलाई आफ्नै शैलीमा व्याख्या गरेका थिए । उनले ‘नि र बा च न’ लाई सरलीकरण गर्दै ‘नि’ को अर्थ निष्पक्ष,‘‘र’ को अर्थ रणनीतिक रूपमा अघि बढ्नु, ‘वा’ को अर्थ अरूलाई वाधा वा विरोध नगरी आफ्ना दृष्टिकोण प्रस्तुत गर्नु, ‘च’ को अर्थ चलखेल नगर्नु र ‘न’ को अर्थ नकारात्मकता नफैलाउनु रहेको बताए ।

प्र.जि.अ. अर्यालले प्रस्तुत गरेको उक्त व्याख्यालाई निर्वाचन आयोगले पनि सकारात्मक रूपमा लिएको थियो ।

Facebook Comments Box
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बालअधिकार उल्लंघन नगर्न आयोगको चेतावनी
एनपिएलमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य
हावाहुरीले सशस्त्र प्रहरीको छाना उडायो, बसोबास कठिन

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?