By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बालअधिकार उल्लंघन नगर्न आयोगको चेतावनी

बालअधिकार उल्लंघन नगर्न आयोगको चेतावनी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १२, मंगलवार १५:४०

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमनलाई देशैभर तीव्र पारिएको जानकारी दिएका हुन्।

पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबिच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आउनुले शान्ति सुरक्षामा ठूलो चुनौती थपिएको आयोगको ठहर छ। आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एकअर्काप्रति लक्षित गर्ने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचनको वातावरण विथोल्न सक्ने चेतावनी दिएको छ। यस्ता अभिव्यक्तिले सामाजिक र सांस्कृतिक सद्भावमा समेत खलल पुर्‍याउने भन्दै सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी निर्वाचन प्रचारप्रसार र राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भइरहेको भेटिएको भन्दै आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। सामाजिक सञ्जालमा हुने प्रचार सामाग्रीमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय र अभिभावकको समेत उत्तिकै जिम्मेवारी रहने आयोगले स्पष्ट पारेको छ। सरकार र सम्बद्ध सबै पक्षलाई सम्बोधन गर्दै आयोगले शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि बन्द गर्न र नागरिकको मानव अधिकारको सम्मान गर्न भनेको छ।

कुनै पनि अवाञ्छित गतिविधि नगर्न र गराउन सचेत गराउँदै आयोगले आसन्न निर्वाचनलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुसार सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिएको छ।

Facebook Comments Box
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फेरि किसानको सूचीकरण थाल्यो
सत्ताइस दिनपछि इनिशाको दाहसंस्कार
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्व तयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल
पर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?