By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » व्यवसायीलाई करको दायरामा ल्याउन प्रत्यक्ष अभियान

व्यवसायीलाई करको दायरामा ल्याउन प्रत्यक्ष अभियान

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १२, मंगलवार १०:४७

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताए ।

सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व (कर) सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताए । उनले भने,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।”

राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताइन् । त्यसैले पनि करको बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउनु अभियानको उद्देश्य रहेको उनले जानकारी दिइन् । निर्वाचनपछि यो अभियान सञ्चालन गरिने नगरपालिकाको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिए ।

त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका–५ मा अवस्थित कृषि बजार भवन अन्तर्गत (ए ब्लक) सञ्चालन गर्न सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । “भवन सञ्चालन हुन नसकेकोबारे बारम्बार कुरा उठिरहन्छ । यसको सञ्चालनका लागि विगतमा समिति गठन गरेका थियौं । समितिले एउटा रिपोर्ट पेस गरिसकेको हुनाले ए ब्लक सञ्चालनका लागि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको छ”, उनले भने । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन् ।

Facebook Comments Box
टी–२० विश्वकपमा नेपाल–क्यानडा आज आमनेसामने
अफगानिस्तानमा बसमा आगो लाग्दा ७६ जनाको मृत्यु
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेप्से परिसूचक ३८ अङ्कले बढ्यो
आपराधिक गतिविधिमा संलग्नमाथि कारबाही गर्न परिपत्रसँगै एक्सनमा उत्रियो काठमाडौँ प्रहरी

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?