काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार मध्याह्न १२ बजे नयाँबानेश्वरमा आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ।
घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घदृष्टि, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको बताइएको छ।
आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित एमालेले रणनीतिक कार्यक्रम र प्रतिबद्धताहरू अघि सार्ने तयारी गरेको छ।
Facebook Comments Box
