By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,22

मकवानपुर । आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरुमा र बाँकी तराई भू–भागको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, राति पहाडी भू–भागका केही ठाउँहरुमा र तराई भू–भागका थोरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति पनि गण्डकी पश्चिमका केही ठाउँमा ठूलो वर्षा भएको थियो । १२ घण्टामा कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पामा एकसय मिलिमिटरभन्दा धेरै पानी परेको हो ।

ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढी आएको छ । महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँको आसपासमा अवस्थित छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account