By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भोलिबाट पोखरा रंगशालामा भलिबलको महाकुम्भ

भोलिबाट पोखरा रंगशालामा भलिबलको महाकुम्भ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ ८, बिहीबार १२:२४

कास्की । पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर गु्रप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।

पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त प्रतियोगितामा महिला तर्फ पाँच र पुरुष तर्फ छ टोली सहभागी हुनेछन् । यसपटक विदेशी टोलीको पनि रोमान्चक भिडन्त देख्न पाइनेछ । संस्थाले सार्वजानिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्ससहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय भलिबल टोलीसहित छ टोली मैदानमा उत्रिने छन् ।

माघ ९ गते उदघाटन खेल महिला र पुरुष दुवै तर्फका तीन खेल हुनेछन् । महिला तर्फ बिहान ९ बजे टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । त्यसैदिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स तथा उदघाटन खेल दिउँसो २ बजेपछि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र नेपाल एपीएफ क्लबबिच खेल हुने भएको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो ।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । सबै टोलीले एक–आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोलीहरूबिच प्लेअफ खेलमार्फत विजेता, उपविजेता र तेस्रो स्थान निर्धारण गरिने संयोजक कुमार गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले छ लाख ६६ हजार छ सय ६६, उपविजेताले तीन लाख ६६ हजार छ सय ६६ र तेस्रो हुने टोलीले दुई लाख ६६ हजार छ सय ६६ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । एनसेलको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुने भएको हो ।

Facebook Comments Box
शितलहरका कारण बाँकेमा ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान
आज विदेशी मुद्राको विनिमयदर
एनपीएलमा आज दुई खेल हुँदै
सुतेको अवस्थामा पुरुष मृत फेला
सुनचाँदीको मूल्य बढ्यो

थप समाचार

जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले गुमाए ज्यान

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले दर्ता गराए उम्मेदवारी

सम्पत्ति विवरणको विषयमा बोले गृहमन्त्रीले

समिक्षा बास्कोटा कानुन,न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?