By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ कार्तिक १६, आईतवार ११:४९

मकवानपुर । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् ।

तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँका बेला खडेरीले धान लगाउन ढिलो भएको र अहिले बाली उठाउने बेला अविरल वर्षाले धान, मकै, कोदो लगायतका अन्नबाली पूर्णरूपमा नोक्सान पुर्‍याएको किसानहरूको भनाइ छ ।

म्याङलुङ नगरपालिका–९ की किसान शर्मिला तामाङले भन्नुभयो, “खडेरीका कारण रोपाइँ ढिलो ग¥यौँ, अब धान भित्र्याउने बेला आएको थियो, तर तीन दिनको झरीले सबै बाली खेतमै लडायो । बाली उठाउने आशै मरेको छ ।” उहाँले भन्नुभयो, “अब वर्षभरि के खाने भनेर हामी किसानहरू रातभर निदाउन सक्दैनौं ।”

यस्तै, तेह्रथुमकै अर्का कृषक राजकुमार फुदोङले भन्नुभयो, “पहिले पानी नपरेर रोपाइँ गर्न सकिएन, अहिले फेरि बढी पानीले बाली डुबायो । यो प्रकृतिले नै ठगेको जस्तो लाग्छ ।” उहाँले सरकार र स्थानीय तहले तत्काल क्षतिपूर्ति र राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

वर्षाका कारण किसानहरूको मात्र नभई जिल्लाको समग्र स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने देखिएको छ । धान र कोदो उत्पादन घटेपछि बजारमा अन्न अभाव र मूल्यवृद्धि हुने चिन्ता व्यापारी र उपभोक्तामाझ देखिएको छ । किसानहरूले उत्पादन गर्न नसकेपछि गाउँका पसलहरूमा दैनिक उपभोगका सामानको कारोबार घट्ने अपेक्षा गरिएको छ । यसले स्थानीय बजार, उपभोग र नगदे प्रवाहमा समेत नकारात्मक असर पार्ने कृषि विज्ञहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तेह्रथुमका अनुसार, जिल्लामा करिब सात हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्षको असामयिक वर्षा र निरन्तरको झरीले म्याङलुङ, लालीगुराँस, छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका सयौं किसान प्रभावित भएका छन् । केही स्थानमा बाली मात्र होइन, गोठ, पशुधन र सडक संरचनासमेत क्षतिग्रस्त भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

कृषि प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षा र तापक्रमको ढाँचा असामान्य बन्दै गइरहेको छ, जसले कृषि उत्पादनमा ठुलो असर पारिरहेको छ । उनीहरूको भनाइमा, अब परम्परागत खेती प्रणालीले काम नगर्ने हुँदा जलवायु–अनुकूल कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । बाली बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र किसानलाई प्राविधिक सहयोग पुर्‍याउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

तेह्रथुमका म्याङलुङ नगरपालिका–९ का वडाध्यक्ष राकेश फुदोङले भन्नुभयो, “कृषकहरूको पीडा गम्भीर छ । हामीले तत्काल राहत, बीउ र मल वितरणका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिरहेका छौं । क्षति मूल्याङ्कनपछि राहत र पुनःस्थापना कार्यक्रम ल्याइनेछ ।” उहाँले कृषि क्षेत्रमा दीर्घकालीन सुरक्षा नीति बनाउन पनि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्नुभयो ।

यसरी वर्षेनी दोहोरिने प्राकृतिक विपत्तिले किसानहरू थप असुरक्षित र निराश बन्दै गएका छन् । जलवायु परिवर्तन, अनियमित वर्षा, कीराको प्रकोप र बाली नष्ट हुने समस्या बारम्बार दोहोरिँदा तेह्रथुमका कृषकहरूको जीविकोपार्जन सङ्कटमा परेको छ । कृषकहरूले सरकारले अब राहतभन्दा पनि दीर्घकालीन कृषि सुरक्षा नीति, सिँचाइ सञ्जाल र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

Facebook Comments Box
दसैँ यात्रुका लागि मौसम पूर्वानुमान: आगामी ३ दिनको यस्तो हुनेछ अवस्था
रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड
निजी विद्यालय सञ्चालकहरुले आज देशभर प्रदर्शन गर्ने
पहिरोले प्रमुख राजमार्ग अवरुद्ध
वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?